Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बालिकालाई ३ दिनसम्म लजमा राखेर बलात्कार, अभियुक्त तीन महिनापछि पक्राउ

बालिकालाई ३ दिनसम्म लजमा राखेर बलात्कार, अभियुक्त तीन महिनापछि पक्राउ


  • 1.2K
    Shares

    • images
    बालिकालाई ३ दिनसम्म लजमा राखेर बलात्कार, अभियुक्त तीन महिनापछि पक्राउ
    images

    वीरगन्ज । वीरगन्जको लजमा तीन दिनसम्म राखेर बालिकालाई बलात्कार गरी फरार भएका दुई जना अभियुक्तलाई प्रहरीले ३ महिनापछि पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी घर भई हाल वीरगन्ज–१३ राधेमाईमा रहेको नेक मोटरसाइकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक महमद र त्यहि वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन्।

    प्रहरीका अनुसार गत वैशाख २० गते बरैनिया घर भएकी १७ वर्षीया बालिकालाई आफ्नै बाख्रा खोरमा बाख्रा बाँधेर घर फर्कने क्रममा बाटोमा नेक र अफताबले घेरा हालेर जबरजस्ती नियन्त्रणमा लिएका थिए। त्यसपछि बालिकाको मुखमा कपडा कोचेर तथा आँखामा कालो पट्टी बाँधेर वीरगन्जको नयाँ बसपार्कस्थित गणेश होटल एण्ड लजको कोठा लगेर राखेका थिए। 

    लजको कोठामा तीन दिनसम्म राखेर नेक र अफताबले पालैपालो जरबजस्ती करणी गरेपछि वैशाख २३ गते बिहान ८ बजेतिर वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कको गल्लीमा ती बालिकालाई छाडेर उनीहरू फरार भएपछि पीडित बालिकाले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

    पीडित बालिकाले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले खोजतलासका क्रममा आरोपित नेक र अफताबलाई घटना भएको भनिएको मंगलबार दिउँसो वीरगन्ज–१५ प्रतिमा चोकबाट नियन्त्रणमा लिएको लम्सालले बताए।

    पक्राउ परेका नेक र अफताबलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १८:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij