२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । सफल चलचित्र ‘खुस्मा’का निर्देशक अशोक थापा मगर आफ्नो नयाँ प्रोजेक्ट ‘जलाकी’ लिएर दर्शकमाझ आउँदै छ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘जलाकी’को फष्टलुक दुई पोस्टर सार्वजनिक गरिएको छ ।
आज सोमबार निर्माण पक्षले चलचित्रको फष्टलुक्सको रूपमा दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा धिरज र उपासनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
अशोक थापामगरको निर्देशन रहेको चलचित्रमा धिरज र उपासनाका साथै सोनम तोप्देनका पनि मुख्य भूमिका रहेको छ ।त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका अन्य कलाकार रहेका छन् ।
अन्य कलाकारहरूको छनौट कार्य भइरहेको निर्माण पक्षले जानकारी दिएको छ भने चलचित्रका निर्माताहरूमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, सुस्मिता बुढाथोकी रहेका छन् ।
चलचित्रको पहिलो चरणको छायाङ्कन सकिएको छ । अब दोस्रो चरणको छायाङ्कन २१ गतेबाट हुने भएको छ । फिल्ममा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत रहने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij