Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

नयाँ सरकार गठनका लागि आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान


  • 3.0K
    Shares

    बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस  आह्वान

    काठमाडौं । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । 

    मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिएका थिए ।

    नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा ९२० अनुसार प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्ने आह्वान गरिएको हो । 

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्न भनिएको छ । 

    12.jpg

    images
    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १३:५३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij