२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो ।
क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक सोमबारसहित ६ दिन बस्नेछ । तय गरिएको ‘पाक्षिक सम्भावित कार्यतालिका’ अनुसार प्रतिनिधिसभा बैठक साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij