Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेस पदाधिकारी बैठक आज बस्दै , विश्वासको मतबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक आज बस्दै , विश्वासको मतबारे छलफल हुने


  • 8.9K
    Shares

    कांग्रेस पदाधिकारी बैठक आज बस्दै , विश्वासको मतबारे छलफल हुने

    काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिका आज बस्दै रीहरूको बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्ने बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ ।

    कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तथा आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिइसकेको छ ।

    प्रधानमन्त्री ओलीको विपक्षमा बहुमत निश्चित हुनासाथ अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी थियो । यद्यपि कांग्रेसले नयाँ सरकार गठनको औपचारिक कदम चाल्नुअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन् ।

    पुस २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव उपर छलफल र मतविभाजन हुनेछ । कांग्रेसले विश्वासको मतसम्बन्धी प्रस्ताव असफल पार्न पहल गर्ने निर्णय आजको बैठकबाट लिने बताइएको छ ।

    कोरोनाका कारण क्रियाशील सदस्यताको काम प्रभावित भएको भन्दै महाधिवेशन कार्यतालिकालाई आंशिक संशोधन गर्नेबारे पनि आज छलफल हुनसक्ने जनाइएको छ ।

    यसअघि सोमबार बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १३:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij