Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सुरु गर्ने तयारी, अनलाइन अर्डर गर्न मिल्ने

भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सुरु गर्ने तयारी, अनलाइन अर्डर गर्न मिल्ने


  • 974
    Shares

    • images
    भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सुरु गर्ने तयारी, अनलाइन अर्डर गर्न मिल्ने

    काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसलको तयारी थालेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सन्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसको तयारी थालेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सन्चालन गर्ने गरी तयारी थालिएको जानकारी दिए ।

    यसअनुसार सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सुरु हुनेछ । यस वर्षको दशैंको टीका असोज १६ गते र घटस्थापना असोज ६ गते परेको छ ।

    सुपथ मूल्य पसलमा विगतमा जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले विभिन्न खाद्य सामग्रीहरुमा उपभोक्तालाई छुट दिनेछन् । तर कुन सामग्रीमा कति रुपैयाँ छुट दिने भन्ने निर्णय भइसकेको छैन । सुपथ मूल्य पसल कहाँ–कहाँ राख्ने भन्ने पनि निश्चित हुन बाँकी छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता संरक्षण महाशाखाका एक अधिकारीले भने, ‘यस वर्ष पनि उपभोक्ताले सहुलियत पाउने गरी सुपथ पसल सन्चालन गर्ने तयारीमा जुटिसकेका छौं । छुट मूल्यको विषयमा कम्पनीबाट प्रस्ताव आएपछि छलफल गरेर निर्णयमा पुग्छौं ।’

    सरकारले सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्युदेखि लिएर खसीबोका र च्याङ्ग्रासम्म बिक्री वितरण गर्दछ । यस वर्ष पनि अनलाइनमार्फत् अर्डर गर्न मिल्ने र उपभोक्ताको घरसम्मै पुर्‍याइदिने व्यवस्था मिलाउने तयारी मन्त्रालयको छ ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - ०७:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij