Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कुकुरको काज किरिया, जब सन्तान जसरी हुर्काएको कुकुरको मृत्यु भयो

कुकुरको काज किरिया, जब सन्तान जसरी हुर्काएको कुकुरको मृत्यु भयो


  • 708
    Shares

    • images
    कुकुरको काज किरिया, जब सन्तान जसरी हुर्काएको कुकुरको मृत्यु भयो
    images

    काठमाडौं । आफ्नै सन्तान जसरी पालेको कुकुरको मृत्यु भएपछि तुलसीपुर, मानपुरका शशीधर पौडेलले विधिवत् काज किरिया गरेका छन् ।

    ९ दिनसम्म किरिया बसेर कुकुरलाई उनले भावपूर्ण श्रद्धाञ्जलि दिए । श्रद्धाञ्जलि सभामा आसपासका कुकुरहरूलाई खीरलगायत खानेकुरा खुवाए । समवेदना व्यत्त गर्न छिमेकी तथा आफन्तहरू भेला भए ।

    कुकुरको मृत्युशोकमा किरिया बसेर यसरी श्रद्धाञ्जलि दिएको सम्भवत यो पहिलो घटना हो । घरमा पालिएको कुकुरप्रति किन यस्तो श्रद्धाभाव जाग्यो रु किन उसको मृत्युमा परिवारमा शोक छायो रु कथा मार्मिक छ ।

    कुकुरको नाम हो, रमी । घरमा उनलाई रमी कान्छा भनी बोलाउने गरिन्थ्यो । घरमा ल्याउँदा ऊ ७ महिनाको थियो । जापानी स्पिट्ज जातको कुकुर शशीधर पौडेलले काठमाडौंबाट झिकाएका थिए । कुकुरलाई उनले आफ्नो सन्तान जसरी खुवाए, हुर्काए ।

    कुकुर आज्ञाकारी र मायालु थियो, जे भने पनि मान्ने र बुझ्ने । शशीधर घरबाट कतै जान लागेमा आँखाभरी आँसु बनाउथ्यो । ‘म मासु ल्याइदिन्छु, बस्दै गर है भनेपछि चुप लागेर बस्थ्यो’ शशीधर सुनाउँछन्, ‘म जहाँ गएपनि पछ्याउन खोज्थ्यो ।’ राति घर फर्कंदा पाँच सय मिटर टाढै रमी उनलाई लिन आइपुग्थ्यो र मोटरसाइकलको पछाडि बस्थ्यो।

    रमीलाई दिनमा एक पटक मोटरसाइकलमा राखेर २०–२५ मिनेट घुमाउनैपर्थ्यो । ‘कुनै दिन घुमाएन भने रिसाएर खानै नखाने, बोलाउँदा पनि नआउने’ शशीधर भन्छन्, ‘धेरै फकाइफुल्याइ गर्नुपर्थ्यो ।’

    शशीधर कतै जाँदा उसले पछ्याउथ्यो र पर्खेर बसिरहन्थ्यो । घरमा मान्छे नभएको बेला उसैले रुँघेर बस्थ्यो । त्यस्तो बेला अपरिचित मान्छेलाई घरमा आउन दिँदैनथ्यो । खान, नुहाउन, घुम्न सबै मान्छेले जसरी बुझेर गर्थ्यो ।

    केही दिनअघि शशीधर पिठो र तोरी लिन गएका थिए । रमीले उनलाई केही टाढासम्म पछ्याए । पछि शशीधर घरमा फर्कँदा रमी थिएन । उनीहरूले सबैतिर सोधीखोजी गरे । पछि थाहा भयो, रमी फर्कँने क्रममा नहर नजिकै अरु कुकुरले घेरा हालेर टोकेछन् । त्यही क्रममा रमी नहरमा खस्यो । नहर करिब एक किलोमिटर जति सुरुङजस्तै भएकाले त्यहाँ फसेपछि निस्कन गाह्रो थियो ।

    शशीधरको परिवारले तीन दिनपछि मात्र रमीलाई भेट्यो, हिलोमा गाडिएको अवस्थामा । त्यसबेलासम्म रमी निष्प्राण भइसकेको थियो । ‘मलाई आफ्नो आमाबुबा गुमाएको भन्दा बढी पीडा भयो’ शशीधरले भने ।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १५:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij