Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

१ सयको भन्सार नियमप्रति गगन थापाको आक्रोश: जनताको दैनिकी कष्टकर नबनाऊ

१ सयको भन्सार नियमप्रति गगन थापाको आक्रोश: जनताको दैनिकी कष्टकर नबनाऊ


  • 981
    Shares

    १ सयको भन्सार नियमप्रति गगन थापाको आक्रोश: जनताको दैनिकी कष्टकर नबनाऊ
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले एकसय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने भनेर दिएको आदेश सीमा क्षेत्रका नागरिकको लागि अव्यवहारिक भएको बताएका छन्। 

    आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट भर्खरै फर्किएका उनले त्यहाँका नागरिकसँगको अन्तर्क्रियापछि सरकारको निर्णयप्रति आफूमा एउटा गहिरो छटपटी र आक्रोश उत्पन्न भएको प्रतिक्रिया दिएका छन्। 

    ‘सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट भर्खरै फर्किएको छु। त्यहाँका नागरिकहरूसँगको अन्तर्क्रिया पछि एउटा गहिरो छटपटी र आक्रोश मनमा लिएर फर्किएको छु ।

    कागजमा सीमित रहेको, तर हालै संघीय सरकारले कडाइका साथ लागू गर्न खोजेको ‘१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने’ अव्यवहारिक आदेशले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यहाँ मैले केही यस्ता दृश्य र आवाजहरू सुनेँ, जसले राज्यको चरित्रमाथि नै प्रश्न उठाउँछन् ।’

    आफूले सीमा क्षेत्रमा देखेको दृश्य र नागरिकका आवाजले राज्यको चरित्रमाथि नै प्रश्न उठाएको उनको भनाई छ। 

    उनले स्थानीयले ज्यालादारी काम गर्न भारत गएर फर्किएका मजदुर बिस्कुटको एक प्याकेट लिएर आउँदा २ घण्टा सीमामा रोकिनुपरेको दु:ख आफूले थाहा पाएको सुनाएका छन् । त्यस्तै उनले एक महिलाले भनेको भन्दै लेखेका छन्, ‘पहिला हामी सम्मानका साथ सीमा पार गर्थ्यौँ, अहिले डरका साथ पार गर्छौँ।’ सीमा क्षेत्रले भोगिरहेको यो असहजताको गह्रौँ भारी मसँगै फर्कँदैछ।’

     

    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १५:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij