Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रोल्पाको जलजलामा जिप दुर्घटना

रोल्पाको जलजलामा जिप दुर्घटना


  • 785
    Shares

    रोल्पाको जलजलामा जिप दुर्घटना

    काठमाडौं । रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ ।

    भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जिप रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमै दुर्घटनामा परेको हो । जीपमा १८ जना सवार रहेको पाइएको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बागालेले जानकारी दिएका छन् ।

    उनका अनुसार दुर्घटना भएको क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रहरी टोली पुगिसकेको छ । जिप भिरबाट निकै तल खसेको छ। 

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १५:४८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij