Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा प्रज्वल बलात्कारी ठहर

पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा प्रज्वल बलात्कारी ठहर


  • 8.1K
    Shares

    • images
    पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा  प्रज्वल बलात्कारी ठहर
    images

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा तथा आफैं पनि पूर्वसांसद रहेका ३४ बर्षिय प्रज्वल रेवन्ना बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। उनको सजाय शनिबार तय हुने ‘दी इन्डियन एक्सप्रेस’ले जनाएको छ।

    बेंगलुरुमा विशेष अदालतले शुक्रबार जनता दल सेक्युलरका पूर्वसांसद प्रज्वललाई कर्नाटकको हसन जिल्लामा गत वर्ष दर्ता भएका तीन बलात्कार मुद्दा मध्ये एकमा दोषी ठहर गरेको हो। 

    यो दोषी ठहरले पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति, कर्नाटकका पूर्वमन्त्री एचडी रेवन्नाका छोरा र केन्द्रीय मन्त्री एचडी कुमार स्वामीका भतिजालाई १० देखि १४ वर्षको जेल सजाय हुने भएको छ। 

    फैसलापछि प्रज्वललाई अदालतको हलबाट बाहिर निकाल्दा आँसु बगाएको देखियो। उनीमाथि कथित यौन दुव्र्यवहारको आरोपसँग सम्बन्धित चौथो मुद्दा पनि चलिरहेको छ।

    ‘सीआरपीसीको धारा २३५(२) अन्तर्गत कारबाही गर्दै, आरोपी प्रज्वल रेवन्नालाई भारतीय दण्ड संहिताको धारा ३७६(२)(प), ३७६(२)(ल), ३५४– ए, ३५४– बी, ३५४– सी, ५०६, २०१ र सूचना प्रविधि ऐन २००८ को धारा ६६(इ) अन्तर्गत दण्डनीय अपराध गरेकोमा दोषी ठहर गरिएको छ। सजायको मात्रा सुनुवाइको लागि, जेल अधिकारीहरूलाई अर्को सुनुवाइको मितिमा अभियुक्तलाई अदालतमा उपस्थित गराउन निर्देशन दिइएको छ’, विशेष सत्र अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले आफ्नो संक्षिप्त आदेशमा भने।

    प्रज्वललाई उनको परिवारको स्वामित्वमा रहेको फार्महाउसमा एक मध्यम उमेरकी महिला, घरेलु कामदारलाई बलात्कार गरेको आरोप लगाइएको थियो। यौन उत्पीडन र आपराधिक धम्कीसँग सम्बन्धित आईपीसीको धारा ३७६(२) (प) अन्तर्गत “नियन्त्रण वा प्रभुत्वको स्थितिमा’’ रहँदा बलात्कारको आरोप लगाइएको थियो।

    प्रकाशित मिति :श्रावण १७ २०८२ शनिवार - १२:५२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij