२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको छ ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij