Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेकपाको सचिवालय बैठकमा ओली अनुपस्थित, बैठक २० गतेसम्मका लागि स्थगित

नेकपाको सचिवालय बैठकमा ओली अनुपस्थित, बैठक २० गतेसम्मका लागि स्थगित


  • 7.6K
    Shares

    नेकपाको सचिवालय बैठकमा ओली अनुपस्थित, बैठक २० गतेसम्मका लागि स्थगित

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको बैठक सकिएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक मङ्सिर २० गतेसम्मका लागि स्थगित गरिएको छ ।

    यसअघि मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गतेको सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता नलिएसम्म आफु बैठकमै नआउने चेतावनी दिएका थिए ।  

    ओलीको त्यो अडान अहिलेपनि कायम भएको र आजको बैठकमा अनुपस्थित भएको बताइएको छ । प्रधानमन्त्री ओलीले अल्पमत र बहुमतको निर्णय आफुले नमान्ने भन्दै आफु बैठकमा उपस्थित नहुने बताएका थिए ।

    अब जारी सचिवालय बैठकमा एजेन्डा समेत तय हुन नसकेको अवस्थामा नेकपाले यही मङ्सिर १८ गते स्थायी कमिटी र मङ्सिर २५ गते केन्द्रीय कमिटी बैठकको बोलाएको बैठकहरु के हुने भन्ने अन्योल बढेको छ ।    

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १५:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij