Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

देशका धेरै भूभागमा वर्षा, सतर्क रहन महाशाखाको अनुरोध

देशका धेरै भूभागमा वर्षा, सतर्क रहन महाशाखाको अनुरोध


  • 1.2K
    Shares

    देशका धेरै भूभागमा वर्षा, सतर्क रहन महाशाखाको अनुरोध

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

    महाशाखाका अनुसार अहिले देशभर साधारणता बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणता बदली रहने छ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    यसैगरी, आज राति गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    मुलुकका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - ०५:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij