Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सिराहामा सशस्त्र प्रहरीद्वारा ९ करोड ६० लाख बराबरको अवैध सामान बरामद

सिराहामा सशस्त्र प्रहरीद्वारा ९ करोड ६० लाख बराबरको अवैध सामान बरामद


  • 967
    Shares

    • images
    सिराहामा सशस्त्र प्रहरीद्वारा ९ करोड ६० लाख बराबरको अवैध सामान बरामद
    images

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं ७ गण, सिराहाले आर्थिक वर्ष २०८१\८२ मा रु नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

    यस अवधिमा लत्ताकपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशु चौपायालगायतका विभिन्न सामग्री र गैरकानुनी रूपमा प्रयोगमा आएका सवारीसाधन नियन्त्रणमा लिइएका हुन् । 

    सशस्त्र प्रहरी गण सिराहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बरामद गरिएका अवैध सामग्रीमध्ये लत्ताकपडा मात्रै रु दुई करोड ६६ लाख आठ हजार बराबरको रहेको छ भने किराना सामान रु दुई करोड २० लाख, हार्डवेयर रु ४३ लाख ५८ हजार, इलेक्ट्रोनिक्स रु ४० लाख ७१ हजार, मदिरा रु २३ लाख ५१ हजार, नगद रु चार लाख, काठ रु ९३ हजार र पशु चौपाया रु १३ लाख ५६ हजार मूल्य बराबरका रहेका छन् ।

    त्यस्तैगरी अवैध कार्यमा प्रयोग गरिएका सवारीसाधनमध्ये २२२ वटा मोटरसाइकल, छ वटा पिकअपरस्कारपियो, २१ वटा ट्र्याक्टर, एक म्याजिक र चार वटा सिटी सफारीरअटोररिक्सा समेटिँदा रु तीन करोड ३७ लाख आठ हजार बराबरको मूल्य रहेको छ ।

    यस क्रममा १५ व्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । गणपति भण्डारीले भने( ‘सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सक्रिय भएर सशस्त्र प्रहरी काम गरिरहेको छ । हामी आगामी दिनमा यस्ता गैरकानुनी कार्य विरुद्ध अझै कडा रूपमा प्रस्तुत हुने छौँ ।’ 

    उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा सशस्त्र प्रहरीले रु आठ करोड ४१ लाख बराबरको अवैध सामग्री बरामद गरेको थियो । यस वर्षको बरामद सङ्ख्याले यस पटकको नियन्त्रण अझ कडा रूपमा अघि बढेको देखाउँछ ।

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १६:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij