Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तत्काल किनिएको सेयर तत्कालै बेच्न पाउने व्यवस्था गरिँदै

तत्काल किनिएको सेयर तत्कालै बेच्न पाउने व्यवस्था गरिँदै


  • 1.8K
    Shares

    • images
    तत्काल किनिएको सेयर तत्कालै बेच्न पाउने व्यवस्था गरिँदै

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले इन्ट्रा–डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ । बोर्डले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । 

    एकै दिनभित्र एउटै सेयर पटक पटक खरिद बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । अहिले खरिद बिक्री गरिएको सेयर राफसाफ भई सम्बन्धित व्यक्तिको खातामा आएपछि मात्रै पुनः कारोबारका लागि योग्य भएको मानिन्छ । 

    अहिले टिप्लसटू कारोबार प्रणाली छ । यसको अर्थ कारोबार गरिएको सेयर राफसाफ हुन २ दिन लाग्छ । इन्ट्रा–डे कारोबार हुँदा दिनभर कारोबार भएकोमध्ये खरिद गरिएको र बिक्री गरिएको शेयरको खुद शेयरको मात्रै रकम भुक्तानी गर्नुपर्छ ।

    अहिले प्रत्येक कारोबारको छुट्टाछुट्टै भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १५:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij