Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

छोराले आफ्नै बुबालाई गरे छुरा प्रहार

छोराले आफ्नै बुबालाई गरे छुरा प्रहार


  • 1.3K
    Shares

    • images
    छोराले  आफ्नै बुबालाई गरे  छुरा प्रहार
    images

    काठमाडौं ।   सुनसरीको देवानगञ्ज गाउँपालिका-२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ । आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए ।

    छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

    उनले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए । 

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १३:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij