Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ठेगाना थाहा पाउन सहज हुने ‘कहाँ’ एप सार्वजनिक

ठेगाना थाहा पाउन सहज हुने ‘कहाँ’ एप सार्वजनिक


  • 7.4K
    Shares

    ठेगाना थाहा पाउन सहज हुने  ‘कहाँ’  एप सार्वजनिक

    काठमाडौँ । ठेगाना थाहा पाउन ‘कहाँ’ एप सार्वजनिक भएको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा ‘कहाँ’ एप सार्वजनिक भएको हो । 

    मेसोभिजन टेक्नोलोजिले ठेगानालाई डिजिटलाइजेसन गर्न कहाँ एपको विकास गरेको हो । एपबाट  कुनै पनि ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न सकिने छ ।

    नेपाली भाषामा समेत प्रयोग गर्न सकिने यो एपले ठेगाना पत्ता लगाउन सहज हुने बताइएको छ । कहाँ एपमा व्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ ।

    आफ्नो व्यवसाय सूचीकृत गरेपछि यसमा व्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाई व्यक्ति स्वयंले राख्न सकिन्छ । त्यसलाई अरू कहाँ प्रयोगकर्ताहरूलाई बाँड्न सकिन्छ । यस एपलाई प्रयोगकर्ता मैत्री बनाइएको  छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत छ ।

    आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू  रिपोर्ट गर्न यस एपलाई प्रयोग गर्न सकिन्छ । व्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइने र यो नीजि हुने कम्पनीले जनाएको छ ।

    एपबाट आफ्नो ठेगाना नजिकै पाइने वस्तु तथा सेवाको जानकारी समेत पाउन सकिने कम्पनीले जनाएको छ । नजिकका, पसल, ग्याँस डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू पनि एपबाट खोज्न सकिन्छ ।

    कम्पनीका अनुसार यसमा होटेल, रिसोर्ट, गेस्टहाउस, विद्यालय, कलेज, र शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू छन् । कहाँ एप हाल एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध रहेको छ ।

     

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij