Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

धरहरा चढ्नेको सङ्ख्यामा दोब्बर वृद्धि, तीन दिनमा ८ हजार ६ सय ३८ जनाले गरे धरहरा अवलोकन

धरहरा चढ्नेको सङ्ख्यामा दोब्बर वृद्धि, तीन दिनमा ८ हजार ६ सय ३८ जनाले गरे धरहरा अवलोकन


  • 1.0K
    Shares

    धरहरा चढ्नेको सङ्ख्यामा दोब्बर वृद्धि,   तीन दिनमा ८ हजार ६ सय ३८ जनाले  गरे धरहरा अवलोकन
    images

    काठमाडौं । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बर बढीले वृद्धि भएको छ ।

    साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ भने समय थप भएपछि धरहरा हेर्न आउनेहरूको सङ्ख्या दोब्बर भन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाई सुन्धाराका प्रमुख महेश राईले जानकारी दिएका छन् । 

    ‘बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ । बिहान साढे ८ देखि बेलुकी ८ बजेसम्म अहिले सेवाग्राहीले धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राईले भने,  ‘समय थप हुँदा निक्कै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरूको सङ्ख्या पहिलेको दोब्बरभन्दा धेरै वृद्धि भएको छ ।’ 

    पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो । पहिला दैनिक करिब ११ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् ।

    साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका राईले बताएका छन् । साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको छ । 

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १५:५६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij