२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिनमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ भने यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
साथै, चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा आज बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij