Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

३४.६१ अंकले बढ्यो नेप्से, कति भयो शेयर कारोबार ?

३४.६१ अंकले बढ्यो नेप्से, कति भयो शेयर कारोबार ?


  • 2.0K
    Shares

    • images
    ३४.६१ अंकले  बढ्यो नेप्से,  कति भयो शेयर कारोबार ?

    काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । 

    आज शेयर बजार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २,७९७ को विन्दुमा कायम भएको छ । आज १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज सर्वाधिक विकास बैंक समुह ३.७१ प्रतिशतले बढेकाे छ । यस्तै निर्जिवन बीमा २.१४, म्युचुअल फण्ड २.०५ र माइक्राेफाइनान्स समुह २.०४ प्रतिशतले बढेको छन् भने बैंकिङ समुह १.७४, उत्पादन तथा प्रशाेधन समुह १.२२, जलविद्युत १.१२, जिवन बीमा १.०४ प्रतिशतले बढेको छन् ।

    32 share.JPG

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १४:२७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij