Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

साढे २४ लाख घुससहित भक्तपुर मालपोतका कर्मचारी अख्तियारको नियन्त्रणमा

साढे २४ लाख घुससहित भक्तपुर मालपोतका कर्मचारी अख्तियारको नियन्त्रणमा


  • 1.4K
    Shares

    साढे २४ लाख घुससहित भक्तपुर मालपोतका कर्मचारी अख्तियारको नियन्त्रणमा

    काठमाडौं । भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।

    मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको अख्तियार जानकारी दिएको छ। 

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८२ मंगलवार - १५:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij