२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
गत शुक्राबार आएको मौद्रिक नीति लगानीकर्ताका लागि सकारात्मक भएसँगै बजार पनि बढेको छ । आज शेयर बजार नेप्से २९ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ ।
आज १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार बढेको दिन जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा अन्य र व्यापार समुह घटेका छन् । अन्य सबै समुह बढेका छन् । आज माइक्रो फाइनान्स समुह सर्वाधिक ३.६६ र बैंकिङ समुह ३.५४ प्रतिशतले बढेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij