Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

मनोरञ्जन व्यवसायीहरूको नयाँ कार्यसमिति चयन, काठमाडौंलाई २४ घण्टा खोल्न माग

मनोरञ्जन व्यवसायीहरूको नयाँ कार्यसमिति चयन, काठमाडौंलाई २४ घण्टा खोल्न माग


  • 7.2K
    Shares

    मनोरञ्जन व्यवसायीहरूको नयाँ कार्यसमिति चयन, काठमाडौंलाई २४ घण्टा खोल्न माग
    images

    काठमाडौं । काठमाडौंका मनोरञ्जन व्यवसायीहरू संगठित भएका छन्। मनोरञ्जन व्यवसायीहरूको राष्ट्रिय भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । 

    शनिबार काठमाडौंको जडिबुटीमा आयोजित भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

    नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की छन् ।

    त्यस्तै, महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।

    भेलामा सहभागी हुन रक्षामन्त्री मानवीर राई, बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेक बहादुर तामाङ लगायत पुगेका थिए ।

    नवगठित समिति अध्यक्ष श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन् । ठमेल र दरबारमार्गमात्रै नभइ पूरै काठमाडौंलाई २४ घन्टा सञ्चालनको अनुमति दिनुपर्ने उनको भनाइ थियो ।

    व्यवसायीहरूले प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुस्ख दिने गरेको गुनासो गर्दै यसलाई व्यवस्थित गरिदिन एआईजी तामाङसँग आग्रह पनि गरेका छन् ।

    रक्षामन्त्री राईले आफू कला र कलाकर्मीलाई असाध्यै प्रेम गर्ने बताउँदै मनोरञ्जन व्यवसायले कलाकार उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे । उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउँदै अब मनोरञ्जन व्यवसायीलाई चिन्ता नलिन आग्रह गरेका छन् । ।

    व्यवसायीहरूले कार्यक्रममा आफ्ना विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित मन्त्री लगायतले समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् ।

     

     

    प्रकाशित मिति :आषाढ २९ २०८२ आइतवार - १०:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij