Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारतले आज राति १२ बजेदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, सतर्क रहन आग्रह

भारतले आज राति १२ बजेदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, सतर्क रहन आग्रह


  • 1.7K
    Shares

    • images
    भारतले आज राति १२ बजेदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, सतर्क रहन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने भएकोले महकाली नदीको तल्लो तटीय क्षेत्रमा पर्सि आइतबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।

    भारतले जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ कार्यका लागि आज शुक्रबार राति १२ बजेदेखि भोलि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो ।  जसका कारण महाकाली नदीको जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - १८:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij