Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?

८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?


  • 1.7K
    Shares

    ८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । 

    असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। 

    शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो । 

    साथै, शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।  

    असार १९ गते भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । 

    विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । तर,   बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् । 

     

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - ११:०८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij