२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज साताको अन्तिम दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २५.८९ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ ।
आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै एनआरएन कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढे । व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij