Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं महानगरको कार्यालयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवा प्रवाह ठप्प

काठमाडौं महानगरको कार्यालयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवा प्रवाह ठप्प


  • 1.0K
    Shares

    • images
    काठमाडौं महानगरको कार्यालयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवा प्रवाह ठप्प

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो  । 

    महानगरको विद्युतीय प्रणालीले भार थेग्न नसक्दा सेवा प्रवाह ठप्प भएको छ । महानगरका एक कर्मचारीका अनुसार आन्तरिक वायरिङमा समस्या आउँदा विद्युत् प्रणाली रोकिएको हो । 

    ‘प्लाजामा रहेको महानगरको कार्यालय रहेको भवन पहिले दुई वटा छुट्टाछुट्टै  बिल्डिङको रूपमा सञ्चालनमा  थियो । अहिले जोडेर एउटै कार्यालय बनाइएको हो । हाल एउटै कार्यालय सञ्चालन हुँदा विद्युत् भार बढेको थियो,’। 

    हिजो भुक्तानीको अन्तिम दिन कार्यालयमा ढिलोसम्म काम हुँदा कम्प्युटर, एसी, र बत्तीहरू एकैसाथ चल्दा पुरानो वायरिङ प्रणालीले लोड धान्न नसकेको उनले भने ।

    हाल प्राविधिक टोलीले वायरिङ मर्मतको काम गरिरहेको र छिट्टै नै कार्यालयको काम पूर्ण रूपमा सुचारु हुने उनले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - ११:१०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij