Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमालेका शर्मालाई नियुक्त गर्ने तयारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमालेका शर्मालाई नियुक्त गर्ने तयारी


  • 2.6K
    Shares

    • images
    बालुवाटारमा मन्त्रिपरिषद् बैठक, सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमालेका शर्मालाई नियुक्त गर्ने तयारी

    काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

    सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । 

    आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ । यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने बताइएको छ । 

    सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जिम्मा एमाले सहकारी विभागका सदस्यलाई दिने करिब निश्चित भएको छ ।

    प्राधिकरण अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले नै एमाले सहकारी विभाग सदस्य सहित तीन जनाको नाम सिफारिस गरेको हो ।

    सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र नेकपा एमाले सहकारी विभाग सदस्य डा. खगराज शर्माको नाम सिफारिस गरेको स्रोतले बतायो ।

    स्रोतका अनुसार आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्राधिकरण अध्यक्ष नियुक्त नगर्ने लगभग निश्चित भएको छ । मन्त्रिपरिषद्को आगामी बैठकले शर्मालाई नियुक्त गर्ने उच्च सम्भावना छ ।

    शर्मा सहकारी विकास बोर्डको सदस्यसचिव भइसकेका छन् । सिफारिस समितिले छनोट गरेको तीन जनाभित्र पर्दा पनि उनले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छैनन् ।

    सिफारिस समितिले पनि राजनीतिक दलको जिम्मेवारीमा रहेको व्यक्तिलाई जनाजानी सिफारिस गरेको छ । राजनीतिक पार्टीको जिम्मेवारीमा भएको व्यक्ति प्रधिकरण अध्यक्ष बन्न मिल्ने देखिँदैन ।

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १९:०३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij