२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउने तयारी गरेको छ ।
२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।
सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यस दिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले मुद्दामा माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरेको थियो ।
त्यसअघि यो मुद्दाको सुनुवाइले प्राथमिकता पाएको थिएन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij