२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा ४.०२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
सीडीएसका अनुसार असार १८ गते बिहान ५ः०६ बजेसम्म ५८ हजार ७९७ जनाले ११ लाख ७५ हजार २० कित्ताका लागि आवेदन दिएका छन् भने यसमा कुल ११ करोड ७५ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको थियो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । यसमा असार २३ गतेसम्म आवेदन दिइ सक्नु पर्ने कम्पनिले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त आईपीओमा आवेदन भर्न सक्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij