२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । जब कुनै ठाउँले आफ्नो विगतबाट उठेर कला र प्रकृतिको सन्देश दिन थाल्छ, त्यो परिवर्तन मात्र हुँदैन । पुनर्जन्म हुन्छ ।
स्कटल्याण्डको दक्षिणी भू(भागमा पर्ने अपर निथ्सडेलको एउटा कोइलाखानीले ठ्याक्कै त्यस्तै पुनर्जन्म पाएको छ । विगतमा यो ठाउँ फोहोरले भरिएको हुन्थ्यो । श्रमिकहरूको पसिना र माटोको गन्धले भरिएको हुन्थ्यो ।
तर आज उक्त ठाउँको स्वरूप फेरिएको छ । नाम नै फेरिएको छ । आज ‘क्रविक मल्टिभर्स’ भनेर चिनिने उक्त ठाउँ भू(कलाका लागि परिचित छ ।
सन् २०१५ को जुन २१ का दिन सर्वसाधारणका लागि खुला गरिएको यो स्थान निर्माण गर्नुको मुख्य उद्देश्य ठाउँलाई नयाँ चिनारी दिनु त छँदै थियो, सँगै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, सान्क्वार, केलोहोम, किर्ककोनेल जस्ता स(साना गाउँहरूलाई चलायमान बनाउने थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij