२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । शेयर बजार नेप्से परिसूचक २८.९१ अंकले बढेर २,६६० को विन्दुमा कायम भएको छ ।
आज २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएन कम्पनकिो ४६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४५ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समुह ०.१६ प्रतिशतले घटेको छ भने अन्य सबै समुहमा हरीयाली छाएको छ । आज सर्वाधिक लगानी समुह २.६० र माइक्रोफाइनान्स समुह २.४१ प्रतिशतले बढेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij