२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ।
अन्तरिम आदेश छलफलका लागि मंगलबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको थियो। तर इजलासको १८ औँ नम्बरमा रहेको रिटमा सुनुवाइ गर्न नभ्याइने सर्वोच्चले जनाएको छ।
यसअघि बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो। दुवै पक्षको कुरा सुनेपछि ढकाललाई महामन्त्रीमै फर्काउन अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय हुनेछ।
ढकालले रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न, गराउन पाउनुपर्ने दाबी गरी परमादेश, उत्प्रेषणसहितको आदेश अदालतबाट माग गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij