२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–८ राक्सेस्थित पाटनमा चरिरहेका भेडाको बथानलाई पहिरोले पुरेको छ। सोमबार दिउँसो करिब ३ बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो।
तातोपानी गाउँपालिका–७ का स्थानीय भेडा कृषक सर्पराज रावतले बर्षातका कारण आएको पहिरोले १२ सय भन्दा धेरै भेडा पुरिएको जानकारी दिए। उनकाअनुसार पाटनमा सर्पराज रावतका सँगै अन्य ८ जना कृषकका भेडाहरु चरिरहेको ठाउँमा ठूलो पहिरो खसेको हो।
रावतले भेडासँगै बाख्रा र घोडा पनि पाटनमा चरिहरको बेला पहिरो खसेको बताए।
तातोपानी गाउँपालिका–७ का वडाध्यक्ष तिलक रावतले पुरिएकामध्ये २२ वटा भेडा मरेको अवस्थामा भेटिएका जानकारी दिए। उनले नेपालखबरसँग भने, भेडा पाटनमा चरिरहेका रहेछन्। पाटन माथि पहाडबाट पहिरो आउँदा १२ सय भन्दा धेरै भेडा पुरिरएका जानकारी किसानले हामीलाई दिएका छन्। क्षतिको विवरण हालसम्म यकिन भएको छैन।’
उक्त घटनाबारे वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई सोमबार साझ जानकारी गराएका छन्।
घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तिबाट करिब ६ घण्टा पैदल दूरीमा पश्चिम र जिल्ला प्रहरी कार्यालयबाट ७५ किलोमिटर पूर्वमा पर्ने जुम्ला प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij