Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

दयाहाङ राई र प्रकाश सपुतले सुरू गरे फिल्म ‘मिरमिरे’ को वर्कसप

दयाहाङ राई र प्रकाश सपुतले सुरू गरे फिल्म ‘मिरमिरे’ को वर्कसप


  • 1.6K
    Shares

    दयाहाङ राई र प्रकाश सपुतले सुरू गरे फिल्म ‘मिरमिरे’ को वर्कसप
    images


    काठमाडौं । फिल्म ‘मिरमिरे’ को वर्कसप सुरु भएको छ। आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए। 

    दयाहाङ राई र प्रकाश सपुतले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन्। कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको चलचित्र ‘मिरमिरे’ यही शुक्रबारबाट छायांकन हुँदैछ। चलचित्रको अधिकांश छायांकन काभ्रेमा हुनेछ।

    यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनको पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए।यार्सा फिल्म्सको प्रस्तुति रहने यस फिल्ममा दयाहाङ, प्रकाशसँगै अभिनेत्री सिर्जना निङ्लेखु र माओत्से गुरुङको पनि अभिनय रहने छ।

    चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन्। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्। 

    यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन्। यो फिल्म २०८२ मा रिलिज गर्ने निर्माणटिमको भनाइ छ। प्रदर्शन मिति भने तय भएको छैन। चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ। 

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १४:३१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij