२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा लाजिम्पाटमा मोर्चाको बैठक सम्पन्न भएको हो ।
बैठकले मोर्चाको उद्धेश्य, औचित्य र आवश्यकताबारे देशका ६ स्थानमा सभाहरू गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा साउन १७ गते, भैरहवामा साउन २१ गते, ,कैलालीमा साउन २३ गते विराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते र वीरगञ्जमा भदौ २० गते सभाको आयोजना गरिने नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताएका छन् ।
त्यस्तै, सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरिएको छ । बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय मुक्ति पार्टी,लोसपा लगायत पार्टीका नेताहरूको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij