२०८२ चैत्र २ गते सोमवार
तुलसीपुर । दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अुनसन्धान अघि बढाएको छ । घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार साँझपख चन्द्र मगरलाई पक्राउ गरेको थियो । गोपिनियतालाई ख्याल गर्दै घटना भएको स्थान र पिडितको नाम गोप्य राखिएको छ ।
कानूनले के भन्छ ?
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा ३ बमोजिम दोषी ठहर भएमा करणी गर्दाको अवस्था उमेर हेरी १० भन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म, १० देखि १४ वर्ष मुनिकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
त्यसैगरी १४ देखि १६ वर्ष उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्ष, १८ वर्ष भन्दा कम उमेरकी महिला भए १०देखि १२ वर्ष र १८ वर्षभन्दा बढी उमेरकी भए ७ देखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij