Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

झापामा आइतबारदेखि २६ गतेसम्म निषेधाज्ञा

झापामा आइतबारदेखि २६ गतेसम्म निषेधाज्ञा


  • 7.6K
    Shares

    • images
    झापामा आइतबारदेखि २६ गतेसम्म निषेधाज्ञा
    images

    झापा । कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गर्नुभएको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ ।

    आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषेधाज्ञा आइतबार राति १२ बजेबाट शुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ ।

    सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ ।

    निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ ।

    शुक्रबार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो । बैठकलगत्तै निषेधाज्ञा जारी गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख १८ २०७८ शनिवार - ०९:५४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij