Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कुमारी बैंकको नाफामा ८८६ प्रतिशतले वृद्धि, ईपीएस कति ?

कुमारी बैंकको नाफामा ८८६ प्रतिशतले वृद्धि, ईपीएस कति ?


  • 414
    Shares

    कुमारी बैंकको नाफामा ८८६ प्रतिशतले वृद्धि, ईपीएस कति ?

    काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कुमारी बैंकको उत्साहजनक वृद्धि देखिएको छ।

    सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको नाफा ८८६.६८ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७२ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    बैंकको खुद फि तथा कमिसन आम्दानी पनि २६.६३ प्रतिशतले वृद्धि भई १ अर्ब ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ।

    बैंकको खुद ब्याज आम्दानी २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख ९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ३१ करोड ३९ लाख ६४ हजार रुपैयाँ रहेको थियो।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। अघिल्लो वर्ष २।१० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी अहिले बढेर २०।७४ रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन मुनाफा गत वर्ष ७२ करोड १५ लाख ६१ हजार ९२ रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ४ अर्ब ३६ करोड ६५ लाख १० हजार २०८ रुपैयाँ पुगेको छ।

    बैंकको खराब कर्जा घटेर ६।९२ प्रतिशतमा झरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९८ करोड ७१ लाख ८६ हजार ७२७ रुपैयाँले ऋणात्मक रहेको छ।

    २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४० करोड ५३ लाख ७ हजार ४६० रुपैयाँ सञ्चित छ। बैंकले ३ खर्ब ७१ अर्ब ३७ करोड ६९ लाख २८ हजार ५९८ रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६५ अर्ब ९५ करोड १३ लाख ३९ हजार ४११ रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १३:०४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij