Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, आठजना घाइते

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, आठजना घाइते


  • 1.9K
    Shares

    • images
    सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, आठजना घाइते

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, रामपुर बेँसीमा शनिबार (असार १४) दिउँसो एउटा बस दुर्घटना भएको छ । दुर्घटनामा आठ यात्री घाइते छन् ।

    सिन्धुपाल्चोककै भोताङबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस दुर्घटना भएको हो । दिउँसो करिब १ बजे मेलम्ची बजारपारि बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बस मेलम्ची नदी किनारमा पल्टिएको थियो । घाइतेमध्ये दुईजनाको अवस्था ‘मध्यम’ छ । ६ जना ‘सामान्य’ घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १४ २०८२ शनिवार - १४:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij