Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा, न्युरोड क्षेत्रमा विरोध र्‍याली

पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा, न्युरोड क्षेत्रमा विरोध र्‍याली


  • 1.6K
    Shares

    • images
    पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा,  न्युरोड क्षेत्रमा विरोध र्‍याली

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरु पुन आन्दोलित बनेका छन् । 

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको माग सम्बोधन नगरेकाले पुनः आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ रहेको छ । 

    माग सम्बोधन नगरेको भन्दै आज व्यवसायीहरुले विरोधमा देशभरको सुनचाँदी व्यवसाय बन्द गरेका छन् ।

    बागमती प्रदेशमा विरोध र्‍याली निकाल्ने पूर्वघोषणाअनुसार शुक्रबार राजधानीको न्युरोड क्षेत्रमा व्यवसायीले बृहद र्‍याली निकालेका छन् । 

    सरकारले माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन् । 

     

     

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १२:३९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij