Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • 1.2K
    Shares

    • images
    आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने भएको छ । 

    बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

    त्यस्तै बिहान साढे ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

    बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० समितिको बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । 

     

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - ०९:२४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij