Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कालीमाटीमा च्याउको मूल्य घट्यो, कुन तरकारी तथा फलफुलको भाउ कति ?

कालीमाटीमा च्याउको मूल्य घट्यो, कुन तरकारी तथा फलफुलको भाउ कति ?


  • 1.3K
    Shares

    कालीमाटीमा च्याउको मूल्य घट्यो, कुन तरकारी तथा फलफुलको भाउ कति ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा आज च्याउसहित केही तरकारीको मूल्य घटेको छ। तर,  ब्रोकाउली, बोडी, गाँजर र भेन्टासहित केही तरकारीको भाउ भने बढेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६९, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४४, रातो आलु ४३, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७१, बन्दा २८, स्थानीय काउली ६९, हाइब्रिड सेतो मुला १८, लाम्चो भन्टा १६, डल्ले भन्टा ३४, तने बोडी ४१, मकै बोडी ५३ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला ३१, लोकल परबल ३५, घिरौँला ५१, झिँगुनी ४९, हरियो फर्सी लाम्चो ३२, डल्ले फर्सी ३०, पाकेको फर्सी ४०, भिन्डी ३९, कन्य च्याउ १७०, डल्ले च्याउ ३२४, ब्रोकाउली ७०, न्युरो ३५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

    कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६४, सानो लोकल गोलभेँडा ३०, टनेलको गोलभेँडा ४३, रातो आलु ४३, सुकेको भारतीय प्याज ४९, लोकल गाँजर ६६, बन्दा ३०, स्थानीय काउली ७५, हाइब्रिड सेतो मुला १८, लाम्चो भन्टा १३, डल्ले भन्टा ३५, तने बोडी ३४, मकै बोडी ४४ रुपैयाँ प्रतिकिलो छ। 

    दैनिक मूल्य बारे जानकारी - वि.सं. असार १३, २०८२

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - ०७:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij