२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।
रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् ।
बुधबार दायर भएको रिटमाथि सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्न लागेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij