Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पालिका बजेट

४९२ पालिकाको बजेट मन्त्रालयमा प्रविष्ट छैन

४९२ पालिकाको बजेट मन्त्रालयमा प्रविष्ट छैन


  • 1.5K
    Shares

    • images
    ४९२ पालिकाको बजेट मन्त्रालयमा प्रविष्ट छैन

    काठमाडौं । मंगलबार ७ सय ५३ स्थानीय तहमध्ये ४२ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएनन् । ७ सय ११ स्थानीय तहले बजेट निर्धारित समयमा ल्याए पनि धेरैले मन्त्रालयमा प्रविष्ट गरेका छैनन् ।  

    स्थानीय तहहरूले ल्याएको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गर्नुपर्ने हुन्छ । मन्त्रालयमा बजेट प्रविष्ट गरेपछि जुनसुकै पालिकाको बजेटको तथ्याङ्क संघीय मामिला मन्त्रालयमा उपलब्ध हुन सक्छ । 

    तर धेरै जसो स्थानीय तहले मन्त्रालयमा बजेट प्रविष्ट गर्ने गरेका छैनन् ।   बजेट ल्याउने अन्तिम दिन मंगलबार भएता पनि बुधबार मध्यान्हमा जम्मा २६१ वटा स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट प्रविष्ट गरेका छन् ।  ७५३ स्थानीय तहमध्ये मन्त्रालयमा ४९२ वटा स्थानीय तहले बजेट मन्त्रालयमा प्रविष्ट नगरेका हुन् ।  

    गत वर्षकै ५२ बाँकी  

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१र०८२ को बजेट समेत ५२ वटा स्थानीय तहले प्रविष्ट गरेका छैनन् । चालु आर्थिक वर्षमा ७०१ वटा पालिकाले मात्रै मन्त्रालयमा बजेट बुझाएका हुन् ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १२:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij