Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो


  • 1.2K
    Shares

    अण्डाको मूल्य बढ्यो
    images

    काठमाडौं । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेको छ । जसका कारण माग बढ्दा मूल्य पनि वृद्धि भएको छ ।

    विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको उल्लेख गरेको छ ।
     
    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालले गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको बताएका छन् । 
     
    नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको बताएका छन् । सङ्घले आजदेखि लागू हुनेगरी समर्थन मूल्य तोकेको छ भने बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ ।
     
    व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुनको ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताएका छन् । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको बताएका हुन् । 

    गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन् । 

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १०:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij