२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार कलकतियाबाली श्रीमती अन्सा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जानकारी दिएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताएका छन् । उनका अनुसार सदा सुटिङ सेट नजिकै रहेको आफ्नो कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।
मृत्युबारे खबर आए लगत्तै प्रहरीको टोली घटनाको सूक्ष्म अनुसन्धानमा जुटेको प्रहरी प्रवक्ता सिंहको रहेको भनाइ छ । त्यसका लागि सुटिङ सेटमा रहेका सबै डिभाइस प्रहरीले आफ्नो नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ ।
पोष्टमार्टम रिपोर्ट नआएसम्म अहिले मृत्युको बारेमा केहि भन्न नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, सदाको मृत्यु भने शङ्कास्पद रहेको प्रहरी स्रोतको बताएको छ । गत माघ महिनामा मात्रै कलाकार अभिनाशले अन्सासंग अन्तरजातीय विवाह गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij