२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन् । उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन् । तेहरानबाट करीव ११ घण्टाको दूरीमा मसद सहर पर्छ ।
भारतले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकलाई सहयोग गर्ने जानकारी दिएपछि उनीहरु इरानस्थित भारतीय दूतावासकै समन्वयमा नेपाल फर्किदैछन् ।अहिले उनीहरू उडानको प्रतिक्षामा रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
उदयपुर घर भएका हरि थापा, उत्सव थापा, गायत्री कार्कीलगायत लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल मसद सहरको एक होटलमा छन् ।
उनीहरूलाई भारतीय विमानमै ल्याइँदैछ । केही नेपाली इरानको जेलमा रहेकाले उद्दार सम्भव भएको छैन । इरानमा रहेका नेपालीहरू भान्छे र अन्य कामका सिलसिलामा थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij