Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वीरगञ्जमा घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या, श्रीमान् पक्राउ

वीरगञ्जमा घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या, श्रीमान् पक्राउ


  • 1.3K
    Shares

    • images
    वीरगञ्जमा घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    वीरगञ्ज । आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ का सफिराजा मियाँ पक्राउ परेका छन्।

    शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

    ‘प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान्-श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’ उनले भने, ‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ।’

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - ०६:५१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij