Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो


  • 1.8K
    Shares

    नेपाल प्रहरीमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

    काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ।

    प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि पहिले माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थप गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

    यो सँगै अब कुल १ हजार ८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुनेछ ।

    यस्तै, समावेशी कोटामा आदिवासी/जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ ।

    image-167.png

     

    images
    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - ०९:५९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij